• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

साेलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

सोलुखुम्बु । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको करिब ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ ।

याे परियोजना निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाइको व्यवस्था गर्नेछ ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

त्यसमध्ये सोलुखुम्बु जिल्लामा २ परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजनाहरुलाई अघि बढाइएको छ ।