सलमान खानको सुरक्षाको लागि सरकारसँग १५ सय सुरक्षाकर्मी माग

काठमाडौं । कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ ।

आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने जानकारी दिए ।

कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ । सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै आउने उनका अंगरक्षकले गर्ने छन् ।

आयोजकले सलमानलाई सात जना पीएसओ प्रदान गर्ने तयारी गरेको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि सलमान काठमाडौं आउन लागेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१