• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानसेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मासँग भेट गर्न नायर मंगलबार बिहान जंगी अड्डा पुगेको नेपाली सेनाले जनाएको छ। जंगी अड्डा, भद्रकालीस्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।