रणवीरको जुत्ता लुकाएर सालीहरूले मागे ११ करोड ५ लाख, पाए कति ?

भारत । बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरेका छन् । उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियाे ।

विवाहपछि उनीहरूको विवाहको केही रोचक कुराहरू बाहिरिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार आलियाका बहिनीहरू पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएका थिए ।

उनीहरूले जुत्ता लुकाएपछि रणवीरसँग ११ करोड ५ लाख भारतीय रुपैयाँ मागेका थिए। तर रणवीरले उनलाई एक लाख मात्र दिए ।

रणवीरलाई सासु आमा सोनी राजदानले निकै महँगो घडी गिफ्ट दिएको पनि बताइएकाे छ । जसको मुल्य २ करोड ५ लाख रुपैयाँ बताइएको छ ।

भट्ट परिवारले विवाहमा आउने पाहुनालाई काश्मिरी सल उपहार स्वरुप उपहार दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१