
काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ‘सूर्य कुमारी’ राखेकी छन् ।
केही समयअघि एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् ।
पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै उनले भनेकी थिइन्- मेरो न्वारानको नाम पनि सूर्य कुमारी हो ।
यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो । उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसहित ब्राकेटमा सूर्य कुमारी लेखेकी छन् ।