
काठमाडाैं । ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैँलाई पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु’
गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेको स्टाटस हो यो । साथै, यस्तो स्टाटसमा जिन्स आउटरसहितको ताजा तस्बिर पनि उनले सेयर गरेकी छन् ।
उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गरेकाे छ । उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेकाे छ ।
यद्यपी याे उनकाे नयाँ गीतकाे शब्द हुन सक्ने आँकलन पनि गरिएकाे छ ।