
काठमाडाैं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग बिहे गरेकी छन् ।
दर्शना र कुइँकेलले बुधबार विवाह गरेका हुन् । गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए ।
२०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन् । यसअघि उनले आफू राजनीतिबाट टाढा नभएकाे र यस पटक स्थानीय तह चुनावमा भाग नलिने भनी विज्ञप्ति पनि जारी गरेकी थिइन् ।
उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन् । विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन् ।
तस्बिर : मिलन पाण्डेकाे फेसबुकबाट ।