• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

पाैडेलका अनुसार अति आवश्यक परेकाे खण्डमा जिल्ला प्रशासन कार्यालयबाट पास उपलब्ध गराइनेछ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइने छैन ।