• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

नेपाल मान्छे बेच्ने, मालसामान भित्र्याउने देश हाे : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाललाई मान्छे बेच्ने, मालसामान भित्र्याउने देश भएकाे बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी भएर उनले यस्तो बताएका हुन् । उनले भने ‘नेपाल मान्छे बेच्ने मालसामान भित्र्याउने देश हो, हामी मानवीय श्रम विदेश पठाउँछौँ अनि हाम्रो भान्सामा सबै कुरा विदेशबाट ल्याएर चलाउँछौँ ।’

उनले अर्बौँका सामान विदेशबाट ल्याएर कृषिप्रधान देशको गफ दिइरहेको भनि नेपालले आत्मनिर्भर हुने विकल्पमा अघि बढ्नुपर्नेमा जोड दिए ।