• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शिक्षकले दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित

काठमाडौं । चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहर गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

मंगलबार बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग राखी आन्दाेलन गरेका हुन् ।

शिक्षकले दुर्व्यवहार गरेको भन्ने जानकारी आएको र प्रहरीकाे टोली पुगेर घटनाको जानकारी लिइरहेको प्रहरी स्राेतले जनाएकाे छ ।