• २०८३ असार १०
  • 2026 June 24, Wednesday

ओलीकाे अभिव्यक्तिलाई स्तरहीन भनेपछि संसद बैठक अवरुद्ध

काठमाडौं । शुक्रबार बसेकाे प्रतिनिधिसभाकाे बैठक नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेपछि एमालेले बैठक अवरद्ध गरेकाे हा‍े ।

त्यसलगत्तै, एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गरे । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राखे ।

‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरु फेरि उठे । विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ ।

एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।