• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

गगन थापालाई शान्ता चाैधरीकाे प्रश्न : तपाईंमा पनि मानवता हराउन लागेकाे हाे कि !

काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीबारे कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीप्रति आपत्ती जनाएकी छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेको भन्दै एमाले सचेतक चौधरीले मानवताको विषय उठाएकी हुन् ।

चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आसा र भरोसा राखेको छ, तर तपाइँले आज प्रतिपक्षी नेताकाे स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरा लाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’