• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

यी हुन् मेयर बालेनले पहिलो नगरकार्यपालिका बैठकबाट गरेका निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले पहिलो नगरकार्यपालिका बैठकबाट सार्वजनिक सरोकारका विषयमा केही निर्णय गरेका छन् ।

फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन कल सेन्टर खडा गर्ने, इन्फ्राइस्ट्रक्चरको रुपमा विभिन्न काम गर्न एम्बुलेन्सले तत्काल सेवा दिनेगरी सञ्चालनमा ल्याइने बैठकले निर्णय गरेको हो ।

महानगरको गुनासो लिन ३२ वडाको ३२ वटा डाटा बेस गुनासाहरु सुन्ने कल सेन्टर सञ्चालनमा ल्याउने बैठकले निर्णय गरेको छ ।

यही क्रममा मेयर बालेनले सिसडोलबासीलाई धन्यवाद दिएका छन् । काठमाडौंमा उत्पादन भएको फोहोर ७५ प्रतिशत मलमा कन्भर्ट गर्न सकिने उनको भनाइ छ ।