काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने विषयलाई लक्षित गर्दै उनले पदको लागि विपरित सिद्धान्तका दलसँग गठबन्धन गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरेका हुन् ।
साेमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो । देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ ।’
अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) June 6, 2022