• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । जोनसनले बिहीबार पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्काई न्यूजले उल्लेख गरेकाे छ ।

एकपछि अर्का मन्त्रीले राजीनामा दिएर संकटमा परेका जोनसोन आफैँले पद त्यागेका हुन् ।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको थियाे ।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए ।

याे पनि : 

त्यो ‘मदिरामय रात’ जसको विवरण सार्वजनिक भएपछि चल्याे बेलायतमा मन्त्रीको राजीनामा लहर