• २०८३ जेठ २५
  • 2026 June 08, Monday

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उनीहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गरे ।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल-भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने उल्लेख गरे ।

साथै, उनले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुद र बिस्तार गर्नुपर्ने बताए । राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राखे ।