• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

साउन ४ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक साउन ४ गते बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा नेपाल नागरिकता संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफल समाप्त भएको छ ।

यस्तै, आजै बसेको दोश्रो बैठकले प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।