यस्तो रहनेछ मंगलबारसम्म माैसम

काठमाडौं । मंगलबार बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रहनेछ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

सोमबारपहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७