• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

एमाले अध्यक्ष ओली झापा जाने, यस्तो छ २ दिनकाे कार्यतालिका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन् ।

दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ ।

सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

१२ गते दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरिसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।