• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मस्काेमा १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

किभ । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ ।

आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो ।

आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने ।