परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ : शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री शर्माले भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा गम्भीर बन्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं । परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन, देशलाई केन्द्रमा राखेर बढौं । हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्‍याउँछौँ । नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७