• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए ।

तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि उनी अर्थमन्त्रीमा दाेहाेरिएका हुन् ।