• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

कांग्रेस नेता खड्का र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता

काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

सोमबार खड्काको निवास गोल्फुटार पुगेर श्रीवास्तवले भेट गरेका हुन् ।

भेटका अवसरमा नेपाल र भारत दुई निकटस्त छिमेकी मुलुकका आपसी हित र चासोका विषयहरुमा विस्तृत छलफल र परामर्श भएको खड्काले ट्वीटरमा उल्लेख गरेका छन्।