• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे

मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ ।

गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।