• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नर्भिकका टहरा हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएका छन् ।

अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै मेयर साहले ति संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।

घर टहरा नहटाए नियमअनुसार कारवाही गर्न सूचना जारी गरिएको छ ।