• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रतिनिधिसभाको बैठक आज नबस्ने

काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ ।

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो ।

‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकाकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन, अब बैठक स्थगित हुने औपचारिक जानकारी सचिवालयले गराउँदैछ ।’

उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जलीसभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए ।