काठमाडाैंको थापाथलीमा ‘ऐना युनिसेक्स सैलुन’ अहिले निकै चर्चामा छ । दोलखाकी २८ वर्षिया खुशी पाठक ‘रोजी’ ले सञ्चालन गरेको उक्त सैलुनको गुणस्तरीय सेवाकै कारण सैलुन चर्चामा रहेको हो । एक बर्ष अगाडी ६० लाख भन्दा बढी लगानीमा खुशीले सैलुन सञ्चालन गरेकी थिइन् ।
यहाँ उनै ‘ऐना युनिसेक्स सैलुन’की सञ्चालिका ‘रोजी’सँगको कुराकानी प्रस्तुत गरिएको छ :
ऐना सोलुसन मानिसको रोजाइमा किन ?
हामीले क्वान्टीटीमा भन्दा क्वालिटेड कामका लागी बढी फोकस गरिरहेका छौँ । युनिसेक्स भएकाले यहाँ महिला पुरुष दुवैले आफूले चाहे अनुसारको सेवा लिन सक्नुहुन्छ । काठमाडौंमा खासगरी पार्किङको समस्या रहेको छ तर हाम्रो यहाँ पार्किङको लागि प्रयाप्त ठाउँ रहेको हुनाले पार्किङ निकै सहज छ । ऐनाले एक वर्षकै अवधिमा धेरै ग्राहक बनाइसकेको छ । ऐना एक ब्राण्डको रुपमा स्थापित भएको छ । ग्राहकहरुलाई सन्तुष्ट पार्ने कुरामा हामी तत्पर छौँ । त्यही विश्वासले पनि ग्राहकहरु आउनुहुन्छ भन्ने आशा छ ।
अगामी दिन ऐनाले कस्ता सुविधाहरु थप गर्छ ?
अहिले पनी हामी कहाँ सबै सेवाहरु उपलब्ध छ । इन्ट्री पोइन्टदेखि लिएर रिसेप्सन मेकपसम्मका सबै सेवा छन् । विस्तारै हामी एकेडेमीमा पनि जाने सोचमा छौँ । बाहिरबाटै सामानहरु ल्याउने भएकाले अब उच्च गुणस्तरको प्रोडक्टहरु लञ्च गर्ने तयारीमा रहेका छौँ ।

विदेशमा सिकेको सीप स्वदेशमा आएर सदुपयोग गर्दै हुनुहुन्छ , बाहिर काम गर्दा र आफ्नै देशमा काम गर्दा फरक चाहीँ के छ ?
काम भनेको सम्मान हो जस्तो लाग्छ मलाई । व्यबस्थापनको बाटोमा काम गर्ने एउटा सीईओ र कुच्चो लगाउने, चिया पकाउने सहयोगी पनि एउटै हो । मान्छेले आ–आफ्नो क्षमता अनुसारको काम पाउने हो त्यसैले सबै कामलाई सम्मान दिनुपर्छ जस्तो लाग्छ । प्रणाली र समयको कुरामाचाहीँ नेपालीहरु एकदमै पछि हुनुहुन्छ जस्तो लाग्छ ।
अमेरिका गएर नेपाल फर्किनु भएको छ । धैरै जनाचाहीँ उतैको वातावरण मन पराएर नेपाल फर्किन चाहँदैनन् तर तपाईँ कसरी आउनुभयो ? यो क्षेत्रमा कसरी लाग्नुभयो ?
यहाँ गुणस्तरीय कामको कुरा पनि आउछ । अर्को कुरा पार्लर खोल्ने÷शैलुन खोल्ने भन्ने बित्तिकै हल्का तालिम लिने, अलिकति राम्री देखिने मात्र जसले पढेको हुँदैन त्यस्तो ट्रेन्ड छ । तर त्यस्तो हुनुहुँदैन खास कुरा काममा रुची हुनु पर्यो । महत्वपूर्ण कुरा कामलाई प्राथमिकता दिनुपर्यो । अर्को महत्वपूर्ण कुरा व्यापारमा व्यवस्थापन राम्रो हुनुपर्छ । हरेक दिन एउटै गतिमा म्यानेजमेन्ट गरिरहनु पर्छ ।
पहिलो वार्षिकोत्सव मनाउनु भयो । यो अवस्थासम्म आइपुग्दा ग्राहकहरुबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?
ग्राहकहरु मेरा लागि भगवान हो । मैले शुरुमा जुन अपेक्षा गरेर सानो ठाउँबाट काम शुरु गरेको थिएँ अहिले हामीले दिने सर्भिसकै कारण ग्राहकहरुले यो अवस्थासम्म पुर्याउनु भएको छ । म ग्राहकहरु प्रति कृतज्ञ छु । हामीले दिने सर्भिस मन पराएर होला धेरै जसो ग्राहकहरु हाम्रोमा दैनिक रुपमा पनि आइरहनुहुन्छ । ग्राहकहरु दोहोर्याएर आउँछन् यसबाटै पनि बुझ्न सकिन्छ कि हामीले दिने सेवाबाट ग्राहकहरु सन्तुष्ट छन् ।

तपाईँले अहिले गुणस्तरीय सेवा दिनका लागि मूल्य व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
हाम्रो मेन फोकस भनेको ब्रान्डिङको लागि र क्वालिटी सर्भिसका लागि नै हो । एउटा मिनिमम रेट त छ सबै कुरामा । तर जुन क्वालिटीयुक्त लेबलमा सेवा दिइरहेका छौँ त्यो अनुसारको रेट छैन । ग्राहकहरुले यस्तो राम्रो सर्भिस दिएर पनि ठिक्क रेटमै सेवा दिइरहनुभएको छ भन्छन् ।
सामान्य मान्छेहरुले पनि सेवा लिन यहाँ आउन कत्तिको सम्भव छ ?
एकदमै सहज तरिकाले आउन सक्नुहुन्छ । मिडियामा धेरै प्रचार भएको कारणले धेरै यो पसल साह्रै महंगो होला भनेर सोच्दा रहेछन् । यहाँ सामान्य मूल्यमा नै सेवा लिन सकिन्छ । कपाल काटेको हामी जम्मा ५ सय ५० मात्र लिन्छौँ । त्यो भनेको मनिमम रेट नै हो । त्यसमा पनि हामीले अफरहरु चलाउने गरेका छौँ ।
कति जना कर्मचारी राख्नु भएको छ । कति जनालाई रोजगार दिइरहनुभएको छ ?
अहिले हामीसँग जम्मा ११ जना हुनुहुन्छ ।
कर्मचारीहरु कत्तिको खुशी हुनुहुन्छ ?
एकदमै खुशी हुनुहुन्छ । पहिलो दिनदेखिकै कर्मचारीहरु हामीसँग हुनुहुन्छ । त्यसमा २ जना दिल्लीमा तालिम गरेर उतै काम गरेर आउनुभएका हेयर ड्रेसर हुनुहुन्छ । उहाँहरुले दिने सर्भिसकै कारण खोज्दै खोज्दै पनि ग्राहकहरु आउने गर्नुहुन्छ ।

ऐना के हो ?
ऐना हजुरको ‘टु रिफ्रेक्सन’ हो । ऐनाको बारेमा धेरेको जिज्ञासा छ, ऐना एउटा त नेपाली नाम भयो । यसलाई संसार भरि चिनाउन भनेर मैलै शुरु गरेको एउटा ‘जर्नि’ हो । अर्को कुरा यो मेरो मनैबाट ऐना भन्ने नाम राख्यो भने राम्रो हुन्छ होला भनेर । म वास्तुहरु प्रति पनि विश्वास राख्छु । गुरुहरुलाई पनि ऐना नाम राख्दा कस्तो हुन्छ होला ? भनेर सोधेकी थिएँ । गुरुहरुले एकदमै राम्रो हुन्छ भन्नुभयो । त्यही कारण पनि ऐना नाम जुर्यो ।
ऐनालाई यहाँसम्म पुर्याउँदा कति दुख गर्नुपर्यो ?
मैलै ऐना शुरु गर्दा संसारभर कोभिडको महामारी थियो । त्यो अवस्थामा ब्यापार शुरु गर्नु निश्चय नै जटिल कुरा थियो । कोभिडसँग डराएर एक चोटि ८ जना कर्मचारीहरु छोडेर जानुभयो । उहाँहरुलाई फकाएर फेरि ल्याएर काम शुरु गरेका थियौँ । आर्थिक चुनौतीहरुका बाबजुद पनि काम थालेकी थिएँ । तर अहिले आएर मेहेनतले सार्थकता पाएको छ ।
अन्तिममा के भन्नुहुन्छ ?
सबैजना एक चोटी हाम्रो ऐनामा आएर सेवा लिनुहोला । ता कि हामी तपाईँहरुलाई नियमित ग्राकह बनाउन सकौँ, सेवाका लागि आग्रह गर्न चाहन्छु ।
हेर्नुहाेस् भिडिओ :