
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
हिजोको तुलनामा आज ९०० रुपैयाँ भाउ घटेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।
मूल्य घटेपछि छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।
पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । विषेशगरी, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दाको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघमा आबद्ध व्यवसायीहरूले बताएका छन् ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ११ सय रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।