असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ ।

यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो ।

साथै, सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

 

© 2022 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७