• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सन्दीपले नाबालिगलाई नगरकोट घुमाएको फुटेज भेटिएन, मेटाइएकाे आशंका

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याइ बलात्कार गरेको आरोप लागेको छ ।

भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक-पटक बलात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ ।

गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्ट/होटलको सिसिटिभी जाँच गरेको छ । तर नगरकोटका होटलको क्लोज सर्किट (सिसी) क्यामरामा उनीहरु घुमेको दृश्य नभेटिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

प्रहरीले होटल सञ्चालकले फुटेज मेटाएको आशंकामा हार्डडिस्क संकलन गरेर काठमाडौं ल्याएको छ । हार्डडिस्क रिकभर गर्न विधि विज्ञान प्रयोगशालामा पठाइने प्रहरी स्राेतकाे भनाइ छ ।

लामिछानेविरुद्ध उजुरी भने मंगलबार परेको थियो । उनलाई पक्राउ गर्न बिहीबार काठमाडाैं जिल्ला अदालतले अनुमति दिइसकेकाे छ । घटनास्थल भनिएको एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटल बाट पनि प्रहरीले क्लोज सर्किट (सिसी) क्यामराका दृश्य संकलन गरेको छ ।

भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई सो होटलमा लगेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस नोट मार्फत जानकारी दिइसकेकाे छ ।