• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एलिजाबेथको निधनमा पुर्व राजा ज्ञानेन्द्रद्वारा दुख ब्यक्त

काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा पुर्व राजा ज्ञानेन्द्र शाहले दुःख ब्यक्त गरेका छन् ।

सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति निधन भएको थियो । पुर्व राजा शाहले शुक्रवार एक शोक सन्देश जारी गर्दै उनको निधनमा दुख ब्यक्त गरेका हुन् । शोक सन्देशमा एलिजाबेथले ७० बर्षसम्म गरेको शासन शालिन र उच्च राजकीय रहेको उल्लेख गरिएको छ ।

यस्तै उनको नेपालसंगको सम्बन्ध पनी अगाध उल्लेख्य रहेको टिप्पणी गरिएको छ । ‘नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै बिभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसंगको भेटवार्तालाई गहनतम प्राथमिकता दिएका छौ ’। शोक सन्देशमा भनिएको छ ।