• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बागमती र लुम्बिनीमा आज भारी वर्षा

काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ।

वागमतीसहति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

दिउँसो केही समय रोकिने र साँझ फेरि वर्षा हुने अनुमान छ। पौडेलले मनसुनको समय भएकाले बिहान र साँझपख वर्षा हुने र दिउँसो रोकिने क्रम रहने बताए।

उनका शनिबार बागमती र लुम्बिनीमा भारी वर्षा हुनुका साथै देशभरका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।