अध्यागमन विभागको कालोसूचीमा सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

१७ वर्षीया नाबालिक बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएकाे छ ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।

लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७