
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले न्युरोडस्थित सुरज अर्केडमा डोजर चलाएको छ ।
करिब दुई सातादेखि महानगरको अल्टिमेटम अटेर गर्दै आएको अर्केडमा आइतबार डोजर चलेको हो ।
दुई साताअघि नगरप्रहरी सुरज अर्केडको अन्डरग्राउन्ड निरीक्षणमा गएको थियो । सोही क्रममा अर्केड सञ्चालकले आफैँ हटाउने भनेपछि दुई घण्टाको अल्टिमेटम नगरप्रहरीले दिएको थियो ।
तर, लामो समयसम्म पनि अन्डरग्राउन्ड खाली नगर्दा डोजर चलाउन बाध्य भएको नगरप्रहरी प्रमुख एसपी राजु पाण्डेले बताए ।
-फाइल तस्बिर ।