अनाधिकृत संरचनामाथि महानगरले माछापोखरीमा चलायाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम गरिरहेको प्रहरीले बताएकाे हाे ।

महानगरभित्र निर्माण भएका अनाधिकृत संरचनाकाे विषयमा महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको नगर प्रहरीले जनाएकाे छ ।

-फाइल तस्बिर । 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७