लामिछानेलाई कालोसूचीमा राख्ने अध्यागमनको निर्णयप्रति रीमा विश्वकर्माले उठाइन् प्रश्न

काठमाडौं । अभिनेत्री, मोडल तथा सञ्चारकर्मी रीमा विश्वकर्माले सन्दीप लामिछानेलाई कालोसूचीमा राख्ने अध्यागमनको निर्णयप्रति प्रश्न उठाएकी छिन् ।

अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई कालोसूचीमा राख्ने कुरालाई उनले कति न्यायोचित भन्दै प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

नाबालिका बलात्कारको उजुरीपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेकाे छ । क्यारेबियन लिग खेल्न गएका केन्या पुगेका सन्दीप नेपाल नफर्किँदै अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१