ओलीपछि चिनियाँ नेता लीकाे प्रचण्डसँग भेट

काठमाडाैं । चिनियाँ नेता ली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

संघीय संसद भवन, नयाँबानेश्वरमा नेता ली र प्रचण्डबीच भेटवार्ता भएको उनको सचिवालयले जानकारी दिएको छ ।

३ दिने नेपाल भ्रमणमा रहेका लीलाई सोमबार सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमा स्वागत गरेका थिए । मंगलबार बिहानैबाट ली विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा ब्यस्त छन् ।

उनले केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गर्ने कार्यसूची रहेको छ । साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट हुने कार्यसूची छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७