
काठमाडाैं । रसुवा र तातोपानी नाका दशैं अघि खुलाउन चिनियाँ नेता चान्सु ली पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले रसुवा र तातोपानी नाका दशैं अघि खुलाउन चिनियाँ नेता चान्सु लीसँग आग्रह गरेका थिए ।
मंगलबार बिहान संघीय संसद भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष तिमल्सिनाले सो कुरा आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । तिमल्सिनाको आग्रहमा नेता लीले छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको पनि सचिवालयले जनाएकाे छ ।
साथै, कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन पनि तिमल्सिनाले आग्रह गरेका थिए ।
भेटमा नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डल सहभागी भएको थियो ।