• २०८३ असार १६
  • 2026 June 30, Tuesday

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फिर्ता

काठमाण्डाै । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किनु भएको छ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले बिदाइ गर्नुभयो । ली गएको सोमवार दिउँसो नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यही दिन सभामुख सापकोटा र लीबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भयो ।

६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष लीले हिजो बिहान भक्तपुर दरबार स्वायरको पनि अवलोकन गर्नुभएको थियो ।