पहिरोमा घर पुरिँदा काभ्रेको बेथानचोकमा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो।

निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो।  लालजुङ तामाङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।

राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७