आज संघीय संसदका दुवै सदनको बैठक

काठमाडौं  । संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधसभा बैठकमा शेरबहादुर देउवाको तर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन’ पेश गर्ने एकमात्र कार्यसूची छ।

राष्ट्रियसभा बैठकमा भने केही विधेयक छलफल तथा पारितका लागि पेश गरिँदैछ। दिउँसो ३ बजे बस्ने बैठकमा सभका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिभिसभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिदेवनसहित पशु तथा पशुसेवा परिषद् विधेयक छलफल गर्नेछन्।

छलफल सकेपछि विधयेक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७