भाेलिलाई सर्‍यो संसद बैठक

काठमाडाैं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७