प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । शनिबारकाे प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताले सम्बोधन गर्ने तय भएको छ ।

शनिबारकाे संसद बैठक नै यो कार्यकालको अन्तिम बैठक हुनेछ । आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७