महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडाैं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुरक प्रश्नको बयान सम्पन्न गरेको छ ।

शनिबार बसेको समिति बैठकले बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । यसअघि बयान सुनेर हस्ताक्षर गरेका जबराले शनिबार भने नसुनिकनै सबै बयानमा हस्ताक्षर गरेको उनले बताए ।

महाअभियोग प्रस्तावमाथि अनुसन्धान सकियो प्रतिवेदन तयार गर्न बाँकी रहेकाले दिउँसो तीन बजे अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने विश्वकर्माले बताए ।

समितिले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । शनिबार नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ । त्यसैले शनिबार नै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी भइरहेकाे हाे ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७