
भक्तपुर । भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भइ भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।