• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

चाेलेन्द्रले भने- मलाई रोक्न खोजेर सरकारले अराजकता प्रदर्शन गर्‍यो

काठमाडाैं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।

उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहे पनि निवासमै रोकिएका हुन् । उनले आफूलाई रोक्न खोजेर सरकारले अराजकता प्रदर्शन गरेको बताए ।

राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो ।’

संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् ।

उनी सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध जनाइरहेका छन् ।