• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

जबराले सरकारले नजरबन्दमा राखेको आरोप लगाएपछि मानवअधिकार आयोगको चासाे

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नै घरभित्र नजरबन्दमा राखेको आरोप लगाएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । मानव अधिकार आयोगको टोली जबरालाई नजरबन्द बनाएको विषयमा बुझ्नको लागि अहिले बालुवाटरमा पुगेको छ ।

मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले घटनाको जानकारी लिन जबरा बस्दै आएको सरकारी निवास पुगेको पुष्टि गरे।

प्रतिनिधिसभाबाट आफू माथि लागेको महाअभियोग निष्क्रिय भएको अवस्थामा आफू सर्वोच्च अदालत जान खोज्दा घरभित्र नै नजरबन्द जस्तै राखेको आरोप जबराले लगाएका छन् । जबरा हाल बालुवाटारस्थित सरकारी निवासमा छन् । निवास अगाडी सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ । निवासबाट निस्किने गाडीलाई पनि प्रहरीले चेक गरेर मात्र बाहिर जान दिएको छ ।

महाभियोग सिफारिस समितिको बहुमतको प्रतिवेदनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने आधार र कारणसहितको प्रतिवेदन शनिवार बुझाएको छ । त्यसपछि शनिवार नै जबराले अदालत हाजिर हुने बताएका थिए ।