• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हाे ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

उनकाे स्वास्थ्यमा केही सुधार आएकाे चिकित्सकहरुले बताएका छन् ।