• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बारामा एकै परिवारका तीनजनाकाे मृत्यु, हत्याकाे आशंका

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–५, प्रष्टोमा बुधबार एकै परिवारका तीनजना मृत अवस्थामा फेलापरेका छन् ।

मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी छन् ।

आफ्नै घरमा मृत भेटिएका उनीहरूको हत्या भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।