• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

गगन थापालाई भोट माग्दै कुश्मामा ‘बन्जीजम्प’

बाग्लुङ । बाग्लुङका एक युवाले प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउन भोट माग्दै ‘बन्जीजम्प’ गरेका छन् ।

बाग्लुङ– ४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर कालीगण्डकी नदीमाथि दुई सय २८ मिटर उचाइबाट बन्जी गरेका हुन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । हाल काठमाडौं बसोवास गर्दै आएका उनले ‘जेन जी. जेनेरेसन गगन, विइ आर जेनेरेसन गगन, अबको पालो गगन, गगन हाम्रो प्रधानमन्त्री, भोट फर गगन’ भन्दै शनिबार हाम फालेका हुन्।

गगनको साहसमा युवाहरूको ‘हातमा हात, साथमा साथ छ’ भन्ने सन्देश दिनका लागि बन्जी गरेको शर्माले बताएका छन् ।

देशका लागि केही गर्छु भन्ने हुटहुटी र जोस भएका नेतालाई युवाहरूले साथ दिनुपर्ने उनको भनाइ छ ।

फिजिक्स, साइकोलोजी र जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका शर्माले देशमा परिवर्तन ल्याउन गगनजस्ता युवा नेतृत्वमा आउनुपर्ने बताए ।